वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०८१, ०७ : ५०
वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति

काठमाडौ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन्। 

पर्यटन विभागका अनुसार बुधबारसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन्।

विभागकी निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन्। 

नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन्। जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन्। 

अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६, आमादब्लाममा ४ समूहका ४८ र मकालुमा ३ समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन्। 

हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।