आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ०८ : १७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार अधिकांश पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा सफा रहने जनाएको छ ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।  दिउँसो गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

अपरान्ह पश्चात गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस