आजको मौसम : केही स्थानमा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, ०९ : ११
आजको मौसम : केही स्थानमा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।  पश्चिमी वायुको आंशिक प्रभाव तथा प्रि–मनसुनी गतिविधिका कारण मौसम बदली भएको हो ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक–दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।

अहिले सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू्–भागमा पूर्ण बदली रही अन्य पहाडी सामान्य बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

प्रतिक्रिया दिनुहोस