काठमाडौँ । एक वर्ष अघि भएको बलात्कार घटनाका आरोपितलाई आज अदालतले कारागार चलान गरेको छ ।
जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँलाई आज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको हो ।
एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । प्रहरीले आज आरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।
आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी पीडितले दिनुभएको उजुरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।
खडक नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको आँपको बगैँचामा ०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताउनुभयो । पीडितका अनुसार चिनजानका आरोपितले केही जरुरी कुरा गर्नु छ भनी आँपको बगैँचामा लगेर नियन्त्रणमा लिई डर, धाक, धम्की देखाई अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिई बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिए थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ फागुन २०७७, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी
गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान