प्रतितोला १७ सय रुपैयाँले ओरालो लाग्यो सुन, चाँदीको भाउमा पनि गिरावट

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, ११ : १९
प्रतितोला १७ सय रुपैयाँले ओरालो लाग्यो सुन, चाँदीको भाउमा पनि गिरावट

काठमाडौं । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारका लागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस