संसदमा प्रचण्ड नेपाल समुह प्रतिपक्षको बेन्चमा बस्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, ०८ : ०७
संसदमा प्रचण्ड नेपाल समुह प्रतिपक्षको बेन्चमा बस्ने तयारी

काठमाडौं । नेकपा कानुनी रुपमा विभाजित नभईसकेको अवस्थामा २३ फागुनबाट शुरु हुन लागेको संसद बैठकमा प्रचण्ड नेपाल सुमह के प्रधानमन्त्री ओली समुहकै सांसदहरुसँगै सत्तापक्षको बेन्चमा बस्लान् या विपक्षी अलगै बेन्चमा बस्लान् ?

अहिले मानिसहरुको चासो त्यता पनि छ । ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको प्रचण्ड नेपाल समुहले आफुहरु विपक्षी बेन्चमै बस्ने बताएका छन् । ‘हामी विपक्षी बेन्चमा अलगै बस्छौं,’ प्रचण्ड नेपाल समुहका एक स्थायी समिति सदस्यले भने,–‘ओलीलाई हामीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेका छौं । अलग अलग पार्टीमा रहिसकेका छौं । निर्वाचन आयोगले निर्णय गर्न ढिलाई गरेका कारण मात्र समस्या आईरहेको हो । हामी सत्ता पक्षमा होइन, प्रतिपक्षी बेन्चमा बस्छौं ।’ 

प्रधानमन्त्री केपी ओली निर्दलिय प्रधानमन्त्री भईसकेको र अब उनको सत्ता संसद अधिवेशन शुरु भएसँगै खुस्किने पनि ति नेताले बताए । प्रधानमन्त्रीले गत पुस ५ मा असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटनको निर्णय लिएपछि नेकपा औपचारिक रुपमा विभाजन भएको हो । ब्यवहारिक रुपमा विभाजन भएपनि निर्वाचन आयोगको अर्कमन्यता र ढिलासुस्तीका कारण कानुनी रुपमा नेकपा विभाजित भईसकेको अवस्था छैन् ।

अहिले पनि आयोगलाई छिटो निर्णय दिन प्रचण्ड नेपाल समुहका नेताहरुले आग्रह गरिरहेका छन् । सोमबार मात्रै पनि प्रचण्ड नेपाल समुहका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोग पुगेर आयोगले किन ढिलाई गरिरहेको छ निर्णय दिन भनेर प्रश्न गरेका थिए  ।

ओली पक्षलाई १५ दिन भित्र जवाफ माग गर्नुपर्नेमा २७ दिन पुग्दा सम्म किन जवाफ नै नमागिएको ? कहिले सम्म आयोगले अन्यौलता र अर्कमन्यतामा मात्र बसिरहने भन्दै प्रश्न गरेका थिए । नेकपाको विभाजनको कानुनी आधार खोज्दै काँग्रेस र जसपाले पहिले नेकपाको अवस्था के हो ? भनेर प्रश्न गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस