प्रधानमन्त्री ओलीको सुरक्षामा कति खटिन्छन् सेना, पुलिस ?

आफु असुरक्षित रहेको भन्दै राजनीतिक स्टान्डबाजीमा उत्रिएका प्रधानमन्त्री ओलीले सर्वसाधारणको सेन्टीमेन्ट तान्न बेला बेला यस्तै हर्कत दोहाईरहेका छन्, यो सत्यमा भन्दा पनि ओलीको फन्डाभित्रकै एउटा कडी हो

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, ०७ : ४५
प्रधानमन्त्री ओलीको सुरक्षामा कति खटिन्छन् सेना, पुलिस ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार पोखरा पुगेर भने,– ‘म माथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नु होला ।’ देशको शासनको बागडोर सम्हालेका र सैयौं सुरक्षाकर्मीको सुरक्षा कवचभित्र रहेका प्रधानमन्त्री ओलीले किन यस्तो अभिब्यक्ति दिए ? के प्रधानमन्त्री ओली असुरक्षित छन ? 

प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाबाट प्रमुख सेनानी हिमालयन थापाको कमाण्डमा ‘क्लोज रिङ’ मा सधैभरी ५ जना खटिन्छन् । त्यसका अतिरिक्त बालुवाटारमा झण्डै २ सय जना सेना र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एउटा सुरक्षा गण नै खटाएको छ । सशस्त्र प्रहरी बलबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ३५ जना परिचालित छन् । नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक (डिएसपी) राजन लिम्बुको कमाण्डमा ५२ जना जनपद प्रहरी परिचालन छन् । सिंहदरबारको सुरक्षामा सुरक्षा गण नै छ प्रहरीको पनि । राष्ट्रिय अनुसन्धान विभागबाट पनि २२ जना ओलीको सुरक्षाका लागि खटाईएका छन् । 

यसरी हेर्दा प्रधानमन्त्री केपी ओलीको सुरक्षामा सय भन्दा बढी सुरक्षाकर्मी परिचालित भएका हुन्छन् । उनी कही कतै हिड्दा सेना प्रहरीका अघि पछिका दुई दुई गाडीमा ३० भन्दा बढी सुरक्षाकर्मीले उनको पहरा दिईरहेका हुन्छन् । यसरी सुरक्षा पाउने अति विशिष्ट पदाधिकारीको हैसियतमा रहेका प्रधानमन्त्रीले के आधारमा आफुलाई असुरक्षित महसुस गरे र सार्वजनिक मञ्चबाट आफुलाई शारीरिक हमला भयो भने पनि अनौठो नमान्न आग्रह गरे ? यसरी सुरक्षा कवचमा रहने प्रधानमन्त्री के उनले भने जस्तै असुरक्षित हुन् ?

प्रधानमन्त्रीले आफु असुरक्षित रहेको प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो अभिब्यक्ति दिएको यो पहिलो पटक मात्र होइन । उनले यस अगाडी पनि बेलाबेला यस्तै अभिब्यक्ति दिएका थिए । गत १४ असार  मा मदन भण्डारीको ६९ औं जन्मजयन्तीका दिन आयोजित कार्यक्रममा पनि ओलीले यस्तै अभिब्यक्ति दिएका थिए ।

उनले के भन्न खोजेका हुन् ? प्रधानमन्त्रीका एक सल्लाहकारले नाम नबताउने शर्तमा सफलखबरसँग भने,–प्रधानमन्त्रीले आफुलाई असुरक्षित भए भनेर भन्न खोज्नु भएको होइन होला, राजनीतिक एजेण्डाका आधारमा केही तर्क गर्न खोज्नुभएको होला । प्रधानमन्त्रीले आफु असुरक्षित रहेको प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो अभिब्यक्ति दिएको यो पहिलो पटक मात्र होइन । उनले यस अगाडी पनि बेलाबेला यस्तै अभिब्यक्ति दिएका थिए । गत १४ असार  मा मदन भण्डारीको ६९ औं जन्मजयन्तीका दिन आयोजित कार्यक्रममा पनि ओलीले यस्तै अभिब्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले त्यसबेला आफूलाई पदबाट हटाउन देशी–विदेशी शक्ति हाबी भएकाले सुरक्षा थ्रेट बढेको बताएका थिए । त्यस्तै, नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा गत २२ मंसिरमा सचिवालय बैठक डाकिएको थियो । तर अन्तिममा सुरक्षालाई कारण देखाउँदै ओली बैठकमा सहभागी हुन मानेनन् । त्यसपछि बैठक बालुवाटारमै सारिएको थियो ।

ओली आफु कमजोर भएको महसुस भएपछि स्टान्ट गर्न माहिर छन् । कहिले उनले नक्कली राष्ट्रवादको त्यसपछि सहारा लिन खोज्छन, कहिले के को । अहिले उनले प्रतिनिधसिभा विघटनको उनको निर्णयलाई सर्वाेच्चले असम्वैधानिक भन्दै बदर गरिदिएपछि झन कमजोर बनेका छन् । नैतिकता यदि प्रधानमन्त्रीमा हुँदो हो त उनले राजीनामा दिनुपर्ने आवाज चर्काे रुपमा उठिरहेको छ ।

त्यही उनको नैतिकताको प्रश्न जर्बजस्त उठन थालेपछि र फेस सेभिङ गर्न समेत उनका अगाडी कुनै विकल्प नदेखिएपछि उनले आफु असुरक्षित रहेको र शारीरिक आक्रमण भयो भने पनि अनौठो नमान्नु होला भन्दै राजनीतिक रुपमा आफुमाथी सर्वसाधारणको जनमत सेन्टिमेन्ट क्याच गर्न चालिएको स्टान्ड मात्र भएको नेकपाका कतिपय नेताहरुले टिप्पणी गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस