काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताउनुभएको छ ।
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताउनुभएको हो ।
उहाँले प्रतिनिधि सभा पुनस्थापना भएपछि यस्तो खतरा बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ ।
हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’
मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ फागुन २०७७, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो
यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली
सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली