हुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना, सात जना घाइते

मंगलबार, १२ मंसिर २०७४, ११ : २७
हुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना, सात जना घाइते

हुम्ला । हुम्लाको सिमिकोटमा तारा एयरको विमान दुर्घटना भएको छ । आज बिहान उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको हो ।

कल साइन नाइन एनएवीएम विमान उड्ने क्रममा दुर्घटना भएको हो । विमानको अघिल्तिरको भागमा क्षति भएको छ भने पाइलटसहित सात जना घाइते भएका छन् ।
विमानका पाइलट वसन्त लामा रहेका थिए ।

घाइतेहरुको सिमिकोट अस्पतालामा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यलय हुम्लाको डिएसपी कमल नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार विस्तृत विवरण आउँन बाकी रहेको छ ।

दुर्घटनामा परेको विमान यसअघि नेपाल एयरलाइन्सले चलाउँदै आएको थियो । यसलाई नै अहिले तारा एयरले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस