एक करोड ७१ लाख हिनामिनाको आरोपमा भरतपुरका तत्कालीन मालपोत अधिकृत पक्राउ

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, २० : ४१
एक करोड ७१ लाख हिनामिनाको आरोपमा भरतपुरका तत्कालीन मालपोत अधिकृत पक्राउ

काठमाडौँ । प्रहरीले १ करोड ७१ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुनसन्धान ब्युरो (सीआईबी) ले ५९ वर्षीय दमाईलाई काठमाडौंको कागेश्वरी नगरपालिकाबाट बुधबार पक्राउ गरेको हो ।

सीआईबीका डीआईजी सहकुलबहादुर थापाका अनुसार चितवनका तत्कालीन मालपोत अधिकृत दमाईमाथि आर्थिक वर्ष २०७४ र ७५ र ०७५ र ७६मा भूमि प्रशासन सम्बन्धि सरकारी खातामा दाखिला हुनुपर्ने १ करोड ७१ लाख रुपैयाँ किर्ते छाप तथा दस्ताखत र नक्कली बिल भरपाई गरेर लगेको आरोप छ । 

अनुसन्धानका क्रममा विभिन्न ११ वटा नक्कली बिल भरपाई बनाएको उनीमाथि आरोप लागेको छ । उनीविरुद्धको कसुरमा थप अनुसन्धान जारी राखिएको डीआईजी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस