विराटनगर। झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । मंगलबार झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका- ४ का ३१ वर्षीय दिलप्रसाद राई र दमक- २ की २९ वर्षीया स्मारिका नेम्वाङ ४ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानको टोलीले धरान- १२ मा डेरा गरी बस्दै आएकी २२ वर्षीया सम्झना लिम्बूलाई निषेधित औषधि १८२ चक्की र गाँजा १०० ग्रामसहित पक्राउ गरेको हो ।त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को ३३ प ९३०७ नम्बरको मोटरसाइकलसहित शहीदभूमि गाँउपालिका- ७ का ३९ वर्षीय निकेन्द्र राई र उनकी श्रीमती ३० वर्षीया निशा राईलाई पक्राउ गरेको हो ।
इलामको देउमाई नगरपालिका- ३ का ५० वर्षीय रमेश अधिकारीलाई औषधि ९२ चक्की ब्राउन सुगर १ ग्राम ७४० मिलिग्रामसहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
यौनकर्मी युवतीलाई चक्कु हान्ने युवक पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ
कल सेन्टरको आवरणमा लटरी र सट्टेबाजी : दुई भारतीय र ५ नेपालीविरुद्ध मुद्दा
सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एक जना पक्राउ