माल्दिभ्स । माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका हुन् । यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन् ।
मालदिभ्समा कोरोनाभाइरसको महामारीभन्दा अगाडि औसतमा दैनिक पाँच हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक तीन हजार पर्यटक भित्रिने गरेको तथ्याङ्क छ ।
टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म एक लाख ६० हजार पर्यटक भित्रिएका छन् । तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ ।
यस बर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० फागुन २०७७, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा
माल्दिभ्समा तीज कार्यक्रम हुँदै, कमल बीसीदेखि विन्दु परियारसम्मको प्रस्तुति
माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध