काठमाडौं। माल्दिभ्सको राजधानी मालेमा नेपाली महिलाहरूको ठूलो पर्व तीजको उपलक्ष्यमा सांगेतिक कार्यक्रम हुने भएको छ ।
बाँके–बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोक गायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजक समितिका प्रमुख सन्तोष मगरले जानकारी दिए ।नेपालबाट गएर कमल बीसी ‘माल्दाइ’ र विन्दु परियारले विशेष प्रस्तुति दिने कार्यक्रम छ ।
यस्तै प्रस्तुतिका लागि ज्योति राना बासेल, सम्झना तामाङ, विष्णु परियार, अनिता परियार, कविता राई, चन्द्रा सुनुवार, लक्ष्मी तामाङ, सिम्पल मगर, सुस्मिता राना, प्रशान्त थापा र कल्पना प्रधान पनि माले पुग्ने समितिका अर्का सदस्य निश्चल पाण्डेले जानकारी गराए ।
आगामी ६ सेप्टेम्बर (भदौ २१)मा मालेको अहमदिया इन्टरनेसनल स्कूलमा दिउँसो ३ बजे आयोजना हुने यस कार्यक्रमलाई इन्द्र सापकोटा र बबिता राईले सञ्चालन गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा
माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा
माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध
‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्' : माल्दिभ्स राष्ट्रपति