'काँग्रेसको सरकार बने हिन्दु राष्ट्रबारे जनमतसंग्रह’

पत्रपत्रिकाबाट

आइतबार, ०९ फागुन २०७७, ०७ : ५३
'काँग्रेसको सरकार बने हिन्दु राष्ट्रबारे जनमतसंग्रह’

file Photo

काठमाडौं । काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफ्नो पार्टीको सरकार बनेमा हिन्दुराष्ट्र जानमत संग्रहमा जाने घोषणा गरेका छन् ।

पूर्वी नवलपरासीकोकावासोतीमा शनिबार आयोजित मन्दिर शिलान्यास कार्यक्रममा उनले कुनै पनि देश धर्मसापेक्ष वा निरपेक्ष नभइ स्वतन्त्र हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । 

हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने आफ्नो अडान रहेको उनको भनाइ थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस