चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताइन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।
‘धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया सुरु भएको छ’ उनले भनिन्, ‘किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापना हुन्छ, यसका लागि छलफल भइरहेको छ ।’ आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन् ।
मन्त्री अर्यालले निर्वाचनको प्रक्रिया शुरु भएपछि राजनैतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ फागुन २०७७, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछ : मन्त्री अर्याल
रवि लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
अब १ घण्टाभित्र श्रम स्वीकृति दिन्छौँ : मन्त्री अर्याल
कांग्रेसले अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गरिरहेको छ : मन्त्री अर्याल