सुर्खेत। नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । रास्वपा उपसभापति समेत रहेका अर्यालले आफ्नो सभापतिमाथि उठेको आरोप १०० प्रतिशत निराधार रहेको बताए ।
शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ । अहिले त्यही भइरहेको हो । आफूले रजाइँ गरिरहेकाहरूलाई हामी आएका प्रति मन परिरहेको छैन।’
आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हामीले सदनबाट जवाफ दिन्छौँ भन्दा मानिरहेका छैनन्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछ : मन्त्री अर्याल
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
अब १ घण्टाभित्र श्रम स्वीकृति दिन्छौँ : मन्त्री अर्याल
कांग्रेसले अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गरिरहेको छ : मन्त्री अर्याल