काठमाडौं । पूर्वमन्त्रीसहित सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग तथा निजामतीको विशिष्ट श्रेणीबाट अवकाश पाएका रथी, एआईजी र सचिवको अंगरक्षक सुविधा खारेज गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वपदाधिकारीको सुरक्षामा खटिएका करिब डेढ सय प्रहरी फिर्ता भइसकेका छन् । अंगरक्षकका रूपमा प्रहरीबाट देशभर १ सय ७० जना हाराहारी खटिएका थिए । सशस्त्र प्रहरीले मंगलबार साँझसम्म पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, अन्य पूर्वपदाधिकारी लगायतको सुरक्षामा कार्यविधिभन्दा बढी खटिएका करिब २ सय ७६ जनालाई फिर्ता गरेको छ ।
अझै करिब १ सय जना जति सशस्त्र प्रहरी फिर्ता हुन बाँकी छ । फिर्ता भएका सुरक्षाकर्मीलाई दरबन्दी भएका ठाउँमै खटाइएको प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएका छन् । पूर्वपदाधिकारीको पछुवामा खटाइएका सशस्त्रका १३ वटा गाडी पनि फर्काइएको छ । सुरक्षाकर्मी कटौतीमा परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहका तर्फबाट निजी सचिव सागर तिमल्सिनाले गृहमा निर्णय पुनर्विचार गरिदिन निवेदन दिएका छन् । प्रहरी र सशस्त्रबाट खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदेखि आफन्त रनातागोताका काममा समेत खटाउने गरेको भन्दै आलोचना हुने गरेको छ ।
कार्यविधिमा पूर्वराजा ज्ञानेन्द्रलाई १६ सशस्त्र र २ प्रहरी, पूर्वराष्ट्रपति रामवरण यादवलाई २१ सैनिक, पूर्वउपराष्ट्रपतिलाई ११ सशस्त्र र २ प्रहरी, पूर्वप्रधानमन्त्रीलाई १६ सशस्त्र र २ प्रहरी आजीवन उपलब्ध गराइने उल्लेख छ । पूर्वप्रधानन्यायाधीशलाई ६ सशस्त्र ९५ वर्षसम्म० र २ प्रहरी आजीवन खटाउने उल्लेख छ ।
पूर्वसभामुखलाई कार्यकाल सकिएको ३ वर्षसम्म २ प्रहरी, पूर्वउपप्रधानमन्त्रीलाई २ जना प्रहरी २ वर्षसम्म, पूर्वगृहमन्त्रीलाई २ जना प्रहरी १० वर्षसम्म, पूर्वरक्षामन्त्रीलाई २ सैनिक २ वर्षसम्म, पूर्वमन्त्रीलाई एक प्रहरी २ वर्षसम्म, अख्तियारका पूर्वप्रमुख आयुक्तलाई अवकाश पाएको १० वर्षसम्म ७ सशस्त्र र २ प्रहरी खटाउने व्यवस्था छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ फागुन २०७७, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनको कमाण्डर फेर्ने तयारीमा पूर्व राजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन