काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय भवनको आज उद्घाटन गर्नुभएको छ ।
मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट उहाँले मालपोत र नापी कार्यालय उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिनुभयो । उहाँले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गर्दै कानूनभन्दा बाहिर गएर कसैले केही गर्न नपाउने बताउनुभयो ।
केन्द्रमा भूमिसम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहो¥याउँदै स्थानीय तहसँग मिलेर काम गर्न उहाँले आग्रह गर्नुभयो । आयोगमा मालपोत र नापीका प्रमुख पनि जिल्ला समितिमा रहनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ फागुन २०७७, २१ : १३
लेखकबाट थप