एजेन्सी । म्यानमारको सेनाले आफ्नो विरोध गर्नेलाई २० वर्षसम्मको जेल हुन सक्ने चेतावनी दिएको छ । जननिर्वाचित सरकारलाई ‘कु’ मार्फत अपदस्थ गरी सत्ता हातमा लिएको सेनाले आफ्नो काममा बाधा अड्चन पुऱ्याउनेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको हो ।
म्यानमार सेनाले सत्ता हत्याउने नेताहरुविरुद्ध घृणा फैलाउने र अपमान गर्नेलाई लामो जेल सजाय र जरिवाना लगाइने घोषणा गरेको छ । कैयौं सहरका सडकमा बाक्लो संख्यामा बख्तरबन्द गाडीसहित सेनाको उपस्थिति बढाएपछि सेनाले कानुन परिवर्तन भएको घोषणा गरेको हो ।
बीबीसीका अनुसार सुरक्षा फौजलाई ड्युटीमा खटिएका बेला कुनै पनि प्रकारले बाधा पुऱ्याउनेलाई सात वर्षसम्म जेल सजाय हुने सेनाले बताएको छ । त्यस्तै सार्वजनिक रुपमा डर र अशान्ति फैलाउनेलाई तीन वर्षसम्मको जेल सजाय हुने पनि सैनिक सरकारले घोषणा गरेको छ ।
पछिल्ला दिनमा म्यानमारका सडकमा सैनिक ‘कु’ विरुद्ध हजारौंको संख्यामा मानिसहरु उत्रिएका छन् । आङ सान सूचीसहित कैयौं निर्वाचित नेताहरुलाई बिनासर्त रिहा गरी मुलुकमा पुनस् लोकतन्त्रको बहालीका लागि प्रदर्शनकारीले सेनालाई दबाब दिइरहेका छन् । पछिल्लो कानुन आन्दोलन दबाउनका लागि घोषणा गरिएको अन्तर्राष्ट्रिय विश्लेषकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०४ फागुन २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश