झलनाथ खनालले भँगेराको कथा सुनाउँदै भने– मिस्टर केपी ओली तपाइँको खुट्टी हेरेर पत्याइयो

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १५ : ५७
झलनाथ खनालले भँगेराको कथा सुनाउँदै भने– मिस्टर केपी ओली तपाइँको खुट्टी हेरेर पत्याइयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका नेता झलनाथ खनालले भँगेरा चराको कथा सुनाउँदै केपी ओलीलाई भने, ‘मिस्टर केपी ओली तपाइँको खुट्टी हेरेर पत्यायौँ ।’ 

बाँसको टुप्पोमा चढेको चरालाई फेदबाट मानिसले हल्लाइदिँदा चरालाई आफूले हल्लाएको अनुभव भएको बताउँदै खनालले भने, ‘चराको जस्तै केपी ओलीको पनि खुट्टी हेरेर पत्याइयो ।’ प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको पार्टीले १६५ वटै क्षेत्रमा जमानत समेत गुमाउने दाबी गरेका हुन् । 

ओलीले चुनाव गराएर दुईतिहाइ ल्याउने कुरा भंगेराले बाँस नुघाएजस्तै हो,’ खनालले भने, ‘मिस्टर केपी ओली दुईतिहाइ होइन दुई वर्षपछिको चुनावमा तपाईंको जमानत जफत हुँदैछ, आज हामी यहीबाट घोषणा गर्छौं ।’ उनले प्रचण्ड नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस