‘कसैको भय त्रासबाट अख्तियारका कर्मचारी विचलित हुदैनन्’: विष्णुप्रसाद प्रसाइँ

रासस

बुधबार, २८ माघ २०७७, १५ : २८
‘कसैको भय त्रासबाट अख्तियारका कर्मचारी विचलित हुदैनन्’:  विष्णुप्रसाद प्रसाइँ


हेटौडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले अख्तियार अनुसन्धान आयोगका पदाधिकारलाई कसैको भय, त्रास र धम्कीबाट मुत भएर समाजमा बढदै गएको आर्थिक भ्रष्टाचारलाई न्यूनीकरण गर्ने अभियानमा निर्भिक भएर कार्य क्षेत्रमा उत्रिन आग्रह गरेका छन् । 

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडा द्वारा आयोगको ३०औँ स्थापना दिवस कार्यक्रमको आज उद्घाटन गर्दै  स्थानीय निकायका जनप्रतिनिधिलाई कानूनी ज्ञानको अभावले गर्दा विकासका पूर्वाधार निमार्णका क्रममा हुने अनियमित कार्यलाई तत्काल नियन्त्रण गर्न र जनतालाई दीगो लाभ पुग्ने योजना निमार्ण गर्न आग्रह गरे ।

प्रदेश प्रमुख प्रसाईँले प्रदेशमा सुशासन ल्याउन र जनतालाई भरोसा दिलाउन जनप्रतिनिधिले भ्रष्टाचार गर्दिन भन्ने भावनालाई जागृत गरेर अघि बढनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै राष्«टसेवक कर्मचारीले पनि सेवाग्राहीलाई सेवा दिने क्रममा यदाकदा घुस लिने गरेकोले आयोगका विशेषज्ञले पनि ती कार्यालयमा निगरानी राखेर भ्रष्टाचार न्यूनीकरण गर्न प्रयास थालिनुपर्ने बताए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव राधिका अर्यालले वाग्मती प्रदेशका विभिन्न जिल्लामा बेरुजु रकम फस्र्यौट गर्ने कार्यमा तीव्रता ल्याइएको र प्रदेश सरकारले स्थानीय निकाय तथा प्रशासनिक क्षेत्रबाट  जनतालाई दिइने सेवामा चुस्त बनाउन र भ्रष्टाचारलाई नियन्त्रण गर्न आवश्यक निर्देशनसहित कानूनको दायरामा ल्याउन कदम चालिएको बताए ।

सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेले प्रदेशका विभिन्न जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारीले आफूलाई हिनताको भावना त्यागी जनता र देशप्रति इमान्दारीपूर्वक सेवा गर्छु भनि भावना राखेर कार्य सम्पादन गर्दा भ्रष्टचार न्यूनीकरण हुने दृढता व्यतm गरे ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले वाग्मती प्रदेशका विभिन्न जिल्लामा अहिले एक हजार १०० विभिन्न तहका कर्मचारीको दरबन्दी  रिक्त रहेकामा लोकसेवा आयोगले केही पदको विज्ञापन खुला गरी लिखित परीक्षा लिइसकेको उल्लेख गर्दै  लोकसेवाको मापदण्डअनुरुप सबै कार्यालयले कर्मचारी पदपूर्ति गर्दा भ्रष्टाचार न्यूनीकरण हुने बताए ।
 

प्रतिक्रिया दिनुहोस