प्रधानमन्त्रीका  वकिलको बहस: विघटन जायज छ

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १४ : १७
प्रधानमन्त्रीका  वकिलको बहस: विघटन जायज छ

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने वकिलले विघटन जायज रहेको जिकिर गरेका छन्। वरिष्ठ अधिवक्ता माधव बाँस्कोटाले विघटन जायज रहेको बुधबारको संवैधानिक इजलासमा बताएका हुन् । 

अविश्वासको प्रस्ताव अघिल्लो दिन नै दर्ता भएको भए श्रीमानहरुले पुनःस्थापना गर्न सक्ने अवस्था थियो। तर दर्ता हुन ढिला भएको र पार्टी पनि नफुटेको अवस्थामा विघटन जायज ’, उनले बताए । 

संविधानले नै विघटनको परिकल्पना गरेको गरेको जिकर गर्दै उनले ५ वर्ष पहिले विघटन नै हुन नपाउने भनि संविधानमा नलेखिएको बताए । ‘२ वर्षपछि विघटन हुन सक्छ। धारा ८५ मा अगाडि भन्ने विकल्प त्यसै कारण राखिएको ह’, उनले भने, ‘संविधानले विघटनलाई निशेधात्मक भनेको छैन।’

प्रतिक्रिया दिनुहोस