आज प्रचण्ड - नेपाल समुहको काठमाडौंमा विशाल विरोध प्रर्दशन

पाँच ठाँउबाट जुलुश निस्कने, जुलुशको नेतृत्व शीर्ष नेताहरुले नै गर्ने

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, ०७ : ३४
आज प्रचण्ड - नेपाल समुहको काठमाडौंमा विशाल विरोध प्रर्दशन

file photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभाको असंवैधानिक र निरंकुश शैलीमा विघटनको सिफारिस गरेर प्रतिगमन निम्ताएपछि आन्दोलनमा रहेको नेकपाको प्रचण्ड – माधव नेपाल समुहले आज वृहत विरोध प्रर्दशन गर्न लागेको छ । ओलीगमनको विरोधमा निरन्तर चरणवद्द सडक संर्घषमा उत्रिरहेको प्रचण्ड नेपाल समुहले काठमाडौंमा आज आयोजना गर्न लागेको जनप्रर्दशन तेश्रो हो । यस अगाडी पनि उसले पुस १६, माघ ९ मा यस्तै खाले जनप्रर्दशन र विरोध सभा आयोजना गरिरहेको छ ।

अघिल्ला जनसभा र विरोध प्रर्दशनमा भन्दा पछिल्ला जनप्रर्दशनहरुमा यो पक्षलाई ब्यापक जनसमर्थन प्राप्त हुदै गईरहेको छ । आजको जनप्रर्दशन अहिलेसम्मकै ठूलो हुने आयोजकले बताएका छन् । तयारी र प्रचारप्रसार हेर्दा नेकपाको आजको विरोध प्रर्दशन अहिलेसम्मकै सबैभन्दा   ठूलो हुने देखिएको छ ।

प्रचण्ड नेपाल समुहले एक पछि आर्को सडक प्रर्दशन गर्न थालेपछि र जनताको समर्थन बटुल्दै जान थालेपछि प्रधानमन्त्री ओली पक्षले पनि माघ २३ मा काठमाडौंको नारायणहिटीमा प्रर्दशन गरेको थियो । सरकारमै बसेर प्रतिगमन पनि निम्ताउने र पञ्चरयालीको शैलीमा सडकमा आउने काम मरिचमानको पाला यता भएको थिएन । तर प्रधानमन्त्री ओलीले पञ्चरायाली गरेर प्रचण्ड माधव नेपालको जनप्रर्दशनमा भन्दा ठूलो जनमास देखाउने प्रयास गरेपनि त्यो सम्भव भएन ।

आफनो सभालाई ओलीले अहिलेसम्मकै ठूलो जनसभा  भएको बताएपनि ओलीको सभा अपेक्षित हुन सकेन । तर प्रचण्ड नेपाल समुहका त्यसयताका बुटवल, विराटनगर, धनगढी लगायतका सभाहरुमा पनि मानिसहरुको ब्यापक मात्रामा उपस्थिती देखिन थालेपछि अत्तालिएर ओलीले काठमाडौंको सडकमा जनसभा आयोजना गरेको थियो ।

सभा कस्तो हुन्छ र कति मानिसको उपस्थिती हुन्छन भन्ने कुरा प्रधानमन्त्रीले आज हेरे पुग्छ , केन्द्रीय संर्घष समितिका सहसंयोजक तथा नेकपा स्थायी समिति सदस्य योगेश भटटराईले बताए ।

आजको सभा पनि प्रचण्ड नेपाल पक्षले भृकुटीमण्डपमै आयोजना गर्न लागेका छन् । त्यसका लागि राजधानीका मुख्य ५ स्थानवाट जुलुस निकाल्ने र त्यसलाई सुन्धरामा केन्द्रीत गरी सुन्धरा, विर अस्पताल,  जमल घण्टाघर, वागवजार पुतलीसडक, पदमोदय मोड, प्रर्दशनीमार्ग हुदै भृकुटीमण्डपमा पुगेर विशाल विरोधसभामा परिणत हुने आयोजकहरुले बताएका छन् ।

हेर्नुहोस काहा कसले जुलुसको नेतृत्व गर्छन्

आजको विरोध सभामा काठमाडौं वाहिरवाट पनि उत्तिकै संख्यामा मानिसहरु काठमाडौं ओइरिएका छन् । विरोधसभामा क्रमशः जनताको ब्यापक सहभागिता जुटदै जादा आन्दोलन तेश्रो जनआन्दोलनतर्फ उन्मुख हुदै जान थालेको छ । आजको विरोध सभाले ओली सरकारलाई एक धक्का लगाउने विश्वास आयोजकहरुको छ ।

विपक्षीहरुको आन्दोलनमा उठेको उभारका कारण अत्तालिएका प्रधानमन्त्री ओली पक्ष अहिले कहिले निर्वाचन आयोग पुगेर आयुक्तहरुलाई धम्काउने, कहिले अदालत र निर्वाचन आयोगसँग सेटिङ मिलाउने लगायतका प्रयासमा जुटन खोजेको छ । तर जनताको जनउभारका अगाडी ओली सरकार दिन प्रतिदिन अप्ठायारोमा पदै जान थालेको छ । आजको विरोध प्रर्दशनले पनि ओली सरकारलाई थप धक्का दिने  र तेश्रो जनआन्दोलनको बाटो खोल्ने विश्वास आयोजकहरुको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस