प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएमा नेपाल ठूलो राजनीतिक भूमरिमा फस्ने प्रचण्डको चेतावनी

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, १७ : ५५
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएमा नेपाल ठूलो राजनीतिक भूमरिमा फस्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका छन् ।नेपालबाट अन्तराष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भूमरिमा फस्ने चेतावनी दिए ।

यद्यपी आफुहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उनले स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफुहरुले गम्क्भीर रुपमा विचार गर्नुपर्ने अवस्था श्रृना हुने बताए । उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंबैधानिक नै हुने तर्क गरे ।

उनले भने   “ यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ ।संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंबैधानिक र अबैधानिक नै हुन्छ ।

यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाई छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौ । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुदैन । नैतिक रुपले अनि राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ ।

हामी निर्वाचन विरोधी होइनौ र हुनक्तैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ । ”
 

प्रतिक्रिया दिनुहोस