ओलीले घोषणा गरेको चुनाव कुन प्रदेशमा कहिले ?

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ०९ : २५
ओलीले घोषणा गरेको चुनाव कुन प्रदेशमा कहिले ?

 काठमाडौं । सर्वाेच्चमा प्रतिनिधीसभा विघटनको मुद्दा अझै विचाराधिन छ । सरकारले घोषणा गरेको निर्वाचनको समयावधि आउन ८१ दिन वाकी छ । नेकपाभित्रको आधिकारिकता विवाद छिनोफानो छैन । प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा समेत अल्पमतमा परेपछि हठा्त घोषणाकै लागि मात्र घोषणा गरेको निर्वाच्नका विषयमा सरकारले भने रटान लगाउन छोडेको छैन ।

 दुई चरणमा चुनाव घोषणा गर्ने तयारी गरेका प्रधानमन्त्री ओलीले हिजो साझ वसेको मन्त्रिपरिषद् वैठकमा चुनावकै तयारीका विषयमा लामो भाषण दिए । दुई चरणमा चुनाव गर्ने भनेपनि कुन क्षेत्रको कहिले भन्ने टुग्गो थिएन । त्यसको तयारीका वारेमा सरकारले हिजोको मन्त्रीपरिषद्को वैठकमा छलफल गरेको सरकारका एक मन्त्रीले वताए ।

 
एक मन्त्रीले सफलखवरलाई दिएको जानकारी अनुसार, प्रदेश अनुसार दुई चरणका निर्वाचन गराउने गरी सरकारले हिजोको मन्त्रीपरिषद्को वैठकमा तयारी गरेको हो ।वैशाख १७ गते प्रदेश २  गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका ४० जिल्लामा चुनाव गराउने र वैशाख २७ मा प्रदेश १, वाग्मति प्रदेश र सुदुरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गराउने गरी निर्णय लिएको ति मन्त्रीले वताए ।

सरकारले गरेको यो निर्णयका बारेमा आज प्रधानमन्त्रीले निर्वाच्न आयोग पुग्दा आयोगलाई जानकारी गराउने पनि ति मन्त्रीले वताए । यद्यपी यो निर्वाचन हुनेमा आशंका छ । सर्वाेच्चले प्रतिनिधीसभा पूर्नस्थापना गर्न सक्ने सम्भावना वढेर गएपछि सरकारले अघोषित रुपमा दवाव वढाउने रणनीति अन्र्तगत दुई चरणका चुनावका लागि क्षेत्र छुटटाएको अनुमान पनि कतिपयले लगाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस