अमेरिकी राष्ट्रपति जो बाइडेनले अब चीनसँग अमेरिकाको द्वन्द्व नभई प्रतिष्पर्धा बढ्ने बताएका छन्। सिबिएस न्युजलाई दिएको अन्तर्वार्ताका क्रममा बाइडेनले आफूले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो चीनसँग द्वन्द्व नबढाउने बरू विभिन्न कोणबाट प्रतिष्पर्धा गर्ने बताएका हुन्।
उनले राष्ट्रपति भएपछि आफूले चिनियाँ समकक्षी सी चिनफिङसँग कुराकानी नगरेको बताए।
ुउनी एकदमै कडा छन्। यो आलोचना गरेको होइन, उनको शरीरमा प्रजातान्त्रिक हाडै छैन। वास्तविकता यही हो,’ बाइडेनले भने,ुमैले उनलाई पहिला नै भनेको छु , हामीले द्वन्द्व बढाउनु हुन्न। तर अब कडा प्रतिष्पर्धा हुनेछ।
उनले अन्तर्राष्ट्रिय नियमहरूलाई मानेर चीनसँगको सम्बन्ध अघि बढाउने बताए। राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमाथि कर थोपर्दै २ वर्षअघि व्यापार युद्धको थालनी गरेका थिए। व्यापारसँगै साउथ चाइना सीलगायत क्षेत्रमा चीन र अमेरिकाको द्वन्द्व बढेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ माघ २०७७, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
इजरायलले गाजा युद्धको व्यवस्थापनमा गल्ती गरिरहेको छ : बाइडेन
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’