काठमाडौं । नयाँ जहाजको आगमन सँगै बुद्ध एयरले आक्रमक बजार विस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।
कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यस अनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरि तालिकासमेत बनाईसकेको छ । ‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नें,’ बुध्द एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् ।
‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने मार्कटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।
यसबाट यात्रुले आफुखुशी अनुकल समयमा हवाई यात्रा गर्नसक्छन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् ।
थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए । बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण
बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण
यात्रुले फेरि खोलिदिए बुद्ध एयरको आपत्कालीन ढोका