दोस्रो चरणको कोरोना खोप आजबाट, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई  लगाउन सुरु

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ११ : ०३
दोस्रो चरणको कोरोना खोप आजबाट, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई  लगाउन सुरु

काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ।

भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो ।   

प्रतिक्रिया दिनुहोस