एजेन्सी । म्यानमारमा सैनिक ‘कु’ विरुद्ध दशकयताकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । त्यहाँ सैनिक ‘कु’ विरुद्ध १०औं हजार मानिस सडकमा उत्रिएको जनाएको छ ।
सडकमा उत्रिएका मानिसले सेनाको निर्णयको विरोध गर्दै नेत्री आङ साङ सुकीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘हामी सैनिक तानाशाह चाहँदैनौं । हामी प्रजातन्त्र चाहन्छौं,’ मुख्य सहर याङ्गुनमा आयोजित ¥यालीमा सहभागीले नारा लगाउँदै भनेका छन् ।
‘कु’ पछि त्यहाँको सेनाले इन्टरनेट सेवा रोकेको थियो । उक्त सेवा आइतबार खुलाइएको छ । सेनाले नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको बताउँदै केही दिनअघि निर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा राखेर सत्ता हातमा लिएको हो । सत्ता हातमा लिएपछि सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ माघ २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश