सत्तापक्षबाटै प्रदेश १ मा संसद अवरोध, अविश्वास प्रस्ताव पेश भएन

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १७ : १०
सत्तापक्षबाटै प्रदेश १ मा संसद अवरोध, अविश्वास प्रस्ताव पेश भएन

 विराटनगर । प्रदेश १ को प्रदेशसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले अवरुद्ध गरेको छ ।आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली समूहका सांसदहरुले अवरोध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।

प्रतिक्रिया दिनुहोस