तीनै सरकारको संयुक्त प्रयास हुनुपर्ने: पुष्पराज कँडेल

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १५ : ४८
तीनै सरकारको संयुक्त प्रयास हुनुपर्ने:  पुष्पराज कँडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तिनै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । 
आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६–२०१९ र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तिनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताएका ह्न ।

दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानिय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । विशेषगरी स्थानिय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनले बताए ।

उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसित देशबाट विकासशील देश तर्फ जानुपर्ने आवश्यकता रहेको बताए । त्यसनिम्ति प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने उनको भनाई छ । त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको बातावरण बनाउनुपर्ने बताए ।

सामाजिक उत्तरदायित्व भन्दै नीजि क्षेत्रले निकै पैसा खर्च गर्ने भएकाले ति लगानीलाई एकिकृत गर्ने र खर्चको अनुगमन गर्ने हो भने आर्थिक रुपमा समस्या नहुने उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले दिगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको बताए । उनले उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पताको स्थिति र पाँच वर्ष मुनिका बालबालिकाहरुको रक्तअल्पताको स्थिति लक्ष्य अनुसारको प्रगति हासिल हुन नसकेको उनको भनाई छ ।

सदस्य सचिव भण्डारीले दिगो बिकास लक्ष्य प्राप्तिको कुरा जताततै दस्तावेजीकरण गरिएको भएपनि काम गर्ने शिलशिलामा कठिनाईहरु देखिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस