मुख्यमन्त्रीविरुद्ध अविश्वास परेका प्रदेशसभा चल्नै नदिने ओली पक्षको रणनीति

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, ०९ : ५६
मुख्यमन्त्रीविरुद्ध अविश्वास परेका प्रदेशसभा चल्नै नदिने ओली पक्षको रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षले आफना मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभाको वैठक नै चल्न नदिने रणनीति वनाएको छ । वाग्मति र प्रदेश १ का ओली पक्षका मुख्यमन्त्रीका विरुद्ध नेकपाको वहुमत पक्ष अर्थात प्रचण्ड नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

गत पुसमै दर्ता भएको अविश्वास प्रस्ताव ओली पक्षका कारण अगाडी वढ्न सकेको छैन । ओली पक्षले आफनो मुख्यमन्त्री वचाउने शर्तमा अहिले अनेक पक्षसँग सम्वाद चलाईरहेको छ । आफु अनुकुल नहुदा सम्म आफना सांसद प्रदेश सभाको वैठकमा उतारे प्रदेश सभा वैठक नै चल्न नदिने रणनीतिमा ओली पक्ष लागेको छ । वाग्मति प्रदेशमा पनि केही दिन अगाडी ओली पक्षले वैठक चल्न नदिएपछि प्रचण्ड नेपाल पक्ष वैठक सञ्चालन गर्नुपर्ने भन्दै नारावाजीमा उत्रेका थिए ।

आज प्रदेश १ को प्रदेश सभा वैठक वोलाईएको छ । तर ओली पक्षले आजको वैठक रोक्नका लागि वैठक नै चल्न नदिने रणनीति वनाईरहेका छन् । सत्ता पक्षले नै वैठक अवरुद्ध गरेर नौटंकी देखाउने काम गरिरहेको भन्दै प्रचण्ड नेपाल पक्षले भने विरोध जनाईरहेको छ । प्रदेश १ को प्रदेश सभा वैठक गत माघ ७ गते वसेर आजका लागि स्थगित भएको थियो ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वास प्रस्ताव प्रदेश सभा वैठकमा टेवुल गर्नुपर्ने पक्षमा प्रचण्ड नेपाल पक्ष देखिएपनि ओली पक्षले अन्य कुनै मध्इमार्गी वाटो खोजी नहुदासम्म वैठकमा अविश्वास प्रस्ताव टेवुल हुन नदिने रणनीति वनाएको छ । त्यसका लागि उसले वैठक चल्नै नदिने र वैठक चलाउन खोजिए विरोध गर्ने जनाएको छ ।

ओली पक्षले प्रदेश सभा वैठक चल्न नदिने रणनीति वनाएपछि प्रदेश सभा वैठक अगाडी सभामुखले कार्यब्इवस्था परामर्श समितिको वैठक वोलाएका छन् । दुवै प्रदेशमा नेपाली काग्रेसले जुन पक्षलाई समर्थन गर्छन्, त्यही पक्षको वहुमत हुने अवस्था छ ।

ओली पक्षले आफनो मुख्यमन्त्रीलाइृ जोगाउन काग्रेससाग पनि छलफल गरिरहेको छ । काग्रेसले सकारात्मक जवाफ दिएर आफनो मुख्यमन्त्री जोगिने अवस्था आएमात्र संसद चल्न दिने रणनीतिमा ओली पक्ष देखिएको छ । प्रदेश सभामा मुख्यमन्त्रीका विरुद्ध परेको अविश्वास प्रस्तावलाई प्रक्रियामै लैजान नदिने ओली पक्षको रणनीतिले लोकतन्त्रको धज्जी उठाउने काम गरिरहेको माधव प्रचण्ड समुहको आरोप छ ।

ओली पक्षले यसका लागि मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका १६ सांसदलाई आफुहरुले तीन महिनाका लागि निलम्वन गरिसकेकोले उनीहरुले प्रदेश सभा वैठकमा भाग लिन नपाउने वताईरहेका छन् । तर प्रचण्ड नेपाल पक्षले अलप्मतमा परेको मुख्यमन्त्रीले कुनै पनि सांसदलाई गैहकानुनी रुपमा निलम्वन गर्न नसक्ने वताईसकेको छ ।

काग्रेसले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावको पषमा उभिने संकेत दिईसकेको छ । त्यसकारण पनि ओली पछिले १६ जना सांसद निलम्वनमा परेको जस्ता राजनीतिक प्रपोगान्डालाई इस्यु वनाएर संसद वैठक अवरुद्ध गर्न चाहिरहेको छ । तर प्रचण्ड नेपाल पक्षले भने त्यस्ता अनावश्यक विवादमा नअल्मिलएर अविश्वास प्रस्तावको प्रक्रिया अगाडी वढाउन सभामुखलाई आग्रह गरिरहेको छन् ।
 

प्रतिक्रिया दिनुहोस