भारतमा किसानहरुले आव्हान गर्यो आज देशभर चक्काजाम

सफल खबर संवाददाता

शनिबार, २४ माघ २०७७, ०९ : ५८
भारतमा किसानहरुले आव्हान गर्यो आज देशभर चक्काजाम

एजेन्सी । भारतमा सरकारले आफ्नो माग पुरा नगरेको भन्दै आन्दोलित बनेका किसानहरुले आज देशव्यापी चक्काजामको घोषणा गरेका छन् । तीनवटा कृषि कानुन फिर्ताको माग राख्दै आन्दोलनमा रहेका किसानहरुले आज चक्काजामको घोषणा गरेका हुन्।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजाम घोषणा गरिएको छ । तर यो चक्काजाम दिल्ली, उत्तर प्रदेश र उत्तराखण्डमा हुने छैन ।गणतन्त्र दिवसका दिन भएको हिंसा नदोहोरियोस् भन्नका लागि यी तीनवटा राज्यमा चक्काजाम नगर्ने किसान संगठनहरुले बताएका छन् ।संयुक्त किसान मोर्चाले चक्काजाम शान्तिपूर्ण रुपमा सफल पार्न र घुसपैठ हुनबाट रोक्न अपील गरेको छ।

 

प्रतिक्रिया दिनुहोस