चन्द्रागिरीको आईपीओ सूचीकरण यसै साता हुदै

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १० : ५६
चन्द्रागिरीको आईपीओ सूचीकरण यसै साता हुदै

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ ढिलोमा शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । चन्द्रागिरीको आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी थालेको छ ।

यहि साता सूचीकरण भए पनि चन्द्रागिरीको दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुनेछ । नेप्सेले पहिरो कारोबारका लागि तीन गुणासम्म ‘ओपन रेञ्ज’ तोक्ने गरेको छ । नेप्सेले तोकेको ओपन रेञ्ज अनुसार पहिलो कारोबार हुनेछ । चन्द्रागिरीका लागि नेप्सेले ९६ दशमलव ९९ रुपैयाँदेखि २९० दशमलव ०७ रुपैयाँ ओपन रेञ्ज तोक्ने बताएको छ ।

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको हो ।

आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसमा पनि भाग्यमानी २ जनाले भने ११र११ कित्ता सेयर हात पारेको थिए । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस