जसपाका नेता यादव प्रधानमन्त्री ओली निकट पार्टीमा प्रवेश

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १० : १२
जसपाका नेता यादव प्रधानमन्त्री ओली निकट पार्टीमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव  प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री ओलील मंगलबार पार्टीमा स्वागत गरेका छन् । 

जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताएका छन् । ‘ुमुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो । मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने। 

महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए। २०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जन अधिकार फोरममा आवद्ध भएका हुन् । एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए। उनलाई पार्टीमा प्रवेश गराउने ओली निकट केही नेता पहिले देखि नै वार्तारत थिए । 

प्रतिक्रिया दिनुहोस