प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूको राजधानीमा चक्काजाम

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, ०९ : १६
प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूको राजधानीमा चक्काजाम

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको  छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘प्रतिगमनकारी कदम ’ भन्दै आन्दोलनरत अनेरास्ववियूले चक्काजाम सहित विरोध प्रदर्शन  गरेको हो ।

बुधबार बिहान सानोठिमी क्याम्पस अगाडि चक्काजाम पछि आयोजित विरोध कार्यक्रममा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले असंवैधानिक ढंगले अवरुद्ध पारिएको संसद सुचारू नगरिंदा सम्म आन्दोलन नरोकिने वताए । बस्नेतले भने–‘निर्वाचित तानाशाहको रुप धारणा गरेका ओली संविधानको भक्षक वन्दै गएका छन् ।’

बस्नेतले प्रधानमन्त्री स्वयं आन्दोलन र जनप्रदर्शनमा उत्रिएको घटनालाई दुनियाँमा काहीँ नभएको जात्राको संज्ञा दिए । उनले भने (ु सर्वत्र घेराबन्दीमा परेपछि अत्तालिएका ओली आफैं  पञ्च र्यालीको शैलीमा सडक जनप्रदर्शनमा उत्रिएका छन् ।ु प्रधानमन्त्री ओली राष्ट्रिय ढिकुटी रित्तियाएर पञ्चभेला गर्न लागेको बस्नेतले आरोप लगाए ।

अनेरास्ववियूले उपत्यकाको आरआर , शंकरदेव , मिनभवन , सानोठिमी, अस्कल, किर्तिपुर, पशुपति, पाटन, ताहाचल, पुल्चोक, थापाथली, ग्रामिण आदर्श लगायतका कलेज अगाडि आधा घण्टा चक्काजाम र विरोध प्रदर्शन गरेको अनेरास्ववियूका नेता पवन कार्कीले जनाए ।

प्रतिक्रिया दिनुहोस