सम्वैधानिक निकायका पदाधिकारीको जर्बजस्ती सपथ गराइदैं

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, ०८ : ५४
सम्वैधानिक निकायका पदाधिकारीको जर्बजस्ती सपथ गराइदैं

काठमाडौं । सरकारले जर्बजस्ती विभिन्न संवैधानिक निकायका ३८ जना पदाधिकारीको नियुक्ति गर्न लागेको छ । सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर गरिएको सिफारिस संसदको संसदीय सुनुवाई समितिमा छलफल नै नगराई जर्बजस्ती नियुक्ती प्रयास गरेको हो । त्यसका लागि बिहान ९ बजे सपथ ग्रहणको तयारी थालेको छ ।

बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने गरी कार्यक्रम तय गरिसकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।

संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नियुक्तिको सपथ गराउन लागिएको हो । यो सपथ पछि राष्ट्रपति विद्यादेवी भण्डारी फेरि थप विवादमा पर्ने भएकी छिन् ।

प्रधानमन्त्री ओलीले आफुसँग हुदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधीसभा विघटन गरेपछि संसदको सुनुवाई समिति पनि विघटित अवस्थामा छ । संसदमा सुनुवाई समिति नै नभएको अवस्था र असम्वैधानिक रुपमा सिफारिस गरिएको भन्दै विगतका नजिर समेतलाई आधार मानेर प्रतिनिधीसभाका सभामुख अग्नि सापकोटाले सम्वैधानिक परिषद्को सिफारिसको सक्कल प्रति नै फिर्ता पठाईदिएका थिए ।

तर प्रधानमन्त्री ओलीले जर्बजस्ती नियुक्ति प्रयास गरेका हुन् । यसले ओलीको कदमको थप आलोचना हुने भएको छ । नियुक्ति रोक्न माग गर्दै सर्वाेच्चमा रिट परेको अवस्थामा त्यसलाई समेत बेवास्ता गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपतिको मिलेमतोमा अहिले ९ बजे सपथ तयारी गरेका हुन् ।

सपथ ग्रहणका लागि सिफारिस पदाधिकारीलाई हिजै तयारी अवस्थामा बस्न प्रधानमन्त्री कार्यालयबाट सन्देश गईसकेको थियो । यो नियुक्तिमा अख्तियार लगायतका सम्वैधानिक निकायका पदाधिकारी छन् ।
 

प्रतिक्रिया दिनुहोस