स्वेता खड्काकी बहिनी र पत्रकार उत्सव रसाइलीले कुटपिट,गाली गलौज गरे भन्दै अभिनेत्री सुष्मा कार्कीेले दिइन् प्रहरीमा उजुरी

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०२ : ५६
स्वेता खड्काकी बहिनी र पत्रकार उत्सव रसाइलीले कुटपिट,गाली गलौज गरे भन्दै अभिनेत्री सुष्मा कार्कीेले दिइन् प्रहरीमा उजुरी

काठमाडौँं । अभिनेत्री सुष्मा कार्कीेले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफुलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप समेत लगाउदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।

सुम्माले आफुमाथी भएको कुटपिटको बिरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे । ‘आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले ठाडो उजुरी दिएकी छन्’ डिएसी पौडेलले भने ‘दुबै पक्षलाई अहिले बोलाएका छौ । छलफलपछि के भएको थाहा हुनेछ ।’ सुस्मालाई अन्याय भएको रहेछ भने आफुहरुले न्याय दिलाउनेको भनाई रहेको छ । 

सुस्माले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएकी छन् । सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिले देखिनै साथीहरुसँग रहेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बादबिवाद भएकोर आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् ।
 

प्रतिक्रिया दिनुहोस