सुकीलगायतका नेतालाई रिहा गर्न जनमोर्चाको माग

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १२ : ५६
सुकीलगायतका नेतालाई रिहा गर्न जनमोर्चाको माग

काठमाडौं । म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको उक्त कदमले म्यानमारका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरुसहित लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस