निर्वाचन आयोगमा प्रचण्ड-माधव समूहद्वारा दलको आधिकारिकता दाबी पेस

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १२ : ०७
निर्वाचन आयोगमा प्रचण्ड-माधव समूहद्वारा दलको आधिकारिकता दाबी पेस

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताको लागि दाबी पेस गरेको छ । मंगलबार अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेता स्वयं उपस्थित भएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार  दाबी पेस गरेका हुन् ।

दाबी पेस गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै दलका वरिष्ठ नेता खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस