पोखरा । विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भए । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् ।
गाउँपालिकाले तिनै शहीद तथा बेपत्ता, घाइते, द्वन्द्व पीडित र जेल जीवन भागेको व्यक्तिका परिवारलाई सम्मान तथा बिमा गरेको छ । गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड–१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।
गएको वर्ष नै निर्धारित कार्यक्रम कोरोनाले रोकिएपछि अहिले निरन्तरता दिएका हौं,’ गाउँपालिका अध्यक्ष आझाले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । त्यो परिवारको सम्मान र आय आर्जनसँग जोड्नु गाउँ सरकारको कर्तव्य नै हो ।’
पालिकाले त्यस्ता परिकारलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ भने परिवारका ५ जनासम्मको स्वास्थ्य बिमा गराएको छ । त्यस्ता परिवारलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरिएको हो ।
‘स्वास्थ्य बिमाका लागि चाहिने सबै रकम गाउँपालिकाले नै तिरिदिने छ । एक जनाको परिवारका ५ जना सदस्यले यो बिमाको सुविधा पाउने छन्,’ ओझाले भने, ‘गाउँपालिकाभित्रका सबै त्यस्ता परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ती परिवारलाई सम्मान गरिन् । सम्मान गर्दै मन्त्री पुनले त्यस्ता परिवारको दीगो जिविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन् ।
शहीद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले शहीद तथा बेपत्ताका मुद्धालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहेको भए पनि रुपाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, १३ : ०१
लेखकबाट थप