प्रतिभा र ईमलाई मनोरन्जन रमण शर्मा अवार्ड

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ०७ : १५
प्रतिभा र ईमलाई मनोरन्जन रमण शर्मा अवार्ड

काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना मगर र महिला राष्ट्रिय टोलीकी स्पाईकर प्रतिभा मालीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड कार्यक्रममा नेपाल भलिबल संघले पुरुषतर्फ ईम र महिलातर्फ प्रतिभालाई प्रदान गरेको हो ।

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गरेको प्रदर्शन नेपाली भलिबललाई गरेको योगदानको आधारमा पुरुष टोलीका कप्तान ईम र महिला टोलीकी स्पाईक प्रतिभालाई सम्मान गरिएको हो ।

इम नेपाल पुलिस क्लबका कप्तान समेत हुन भने प्रतिभा न्यु डाईमण्ड एकेडेमीको प्रतिनिधित्व गरिरहेकी छिन् ।

अवार्डबाट सम्मानित इम र प्रतिभाले जनही ३५ हजार रुपैयाँ हात पारे । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले प्रदान गरे । सम्मानित भएपछि दुवै जनाले आँउदै गरेका पिढिका लागि यस्तो अवार्डले खेल्न प्रेरणा मिल्ने बताए ।

भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस