भीम उपाध्यायले पाए सफाइ

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, २० : ३८
भीम उपाध्यायले पाए सफाइ

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले साइबार क्राइम मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई आइतबार सफाइ दिएको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेको आरोपमा  गत वैशाख १५ गते दायर साइबर अपराध मुद्दामा अदालतले उनलाई सफाइ दिएको हो ।

प्रतिक्रिया दिनुहोस