काठमाडौं । बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् ।
आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको भन्दै व्यवसायीहरुले सो चेतावनी दिएका हुन् ।
बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ ।
१२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेको थप इन्धन सुविधा कटाउन निगम लागेको एशोसिएसनको आरोप छ ।
एशोसिएसनका अध्यक्ष अच्युत खड्काले निगमले जर्ती काट्न लागेकाले व्यवसायीहरुलाई सर्कुलर गरिएको बताए । आफूहरुले व्यहोर्दै आएको नोक्सानीबापत तीन वर्षअघि लडेर प्राप्त गरेको अधिकार निगमले खोस्न नमिल्ने खड्काले बताए । ‘गोपाल खड्काको पालामै हामीले लडेर यो सुविधा पाएका हौं ।
नेपाल आयल निगमले भने जर्ती सुविधा नदिनेबारे निर्णय नभइसकेको तर यसको औचित्यबारे अध्ययन थालेको जनाएको छ ।
जर्तीबारे निगमले काठमाडौं विश्वविद्यालय मार्फत अध्ययन गरेको र उक्त सुविधा वैज्ञानिक भएमात्रै दिन सकिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘अध्ययन भइरहेको विषयलाई लिएर व्यवसायीले पेट्रोल नउठाउने तथा उपभोक्तालाई दुःख दिने काम गरे निगमले कारबाही अघि बढाउँछ,’ पौडेलले भने ।
व्यवसायीहरुले आइतबारबाट पेट्रोल नकिन्ने व्यवसायीको घोषणाबारे भने कुनै जानकारी नभएको निगमले जनाएको छ ।
नेपाल आयल निगम बागमती प्रादेशिक डिपो थानकोटका अनुसार प्रदेशभित्र १५० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् । बागमती प्रदेशमा दैनिक ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण
घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?
घट्यो पेट्रोल र डिजेलको मूल्य