५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

पत्रपत्रिकाबाट

आइतबार, ११ माघ २०७७, ०८ : २२
५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

काठमाडौँ । प्रचण्डले इतिहासमा स्वर्णीम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार प्रधानमन्त्री निवासमा भेटिए ।

तीमध्ये कतिपय २०६६ मा अयोग्य घोषित भएपछि र कति २०६९  मा सेना समायोजन भएपछि दृश्यमा थिएनन्। सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नभएको भन्दै उनीहरु बेलाबेला आन्दोलित भएका थिए ।

उनीहरुमध्ये ५० जनाभन्दा बढी पूर्वलडाकु नेकपाको ओली समूहमा समाहित भएको खबर कान्तिपुरमा छापिएको छ । ओलीले घाइते र अपांगता भएकालाई निःशहुल्क उपचार गर्ने, सहित परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस