काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । बिहिबार अग्रज गायिका तारा देवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके नयाँ पुस्ताको कलाकारहरुको भविष्य सुनिश्चित हुने बताएका हुन् ।
रोयल्टीको व्यवस्थापन गर्न सके अग्रज तथा नयाँ श्रष्टाको सम्मान हुने पनि उनको भनाई छ । राज्यमन्त्री मानन्धरले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहने बताए ।
अग्रज गायिका तारादेवीको स्मृतिमा तारा देवी स्मृति फाउण्डेशनको आयोजनामा सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम गरिने भएको छ । १५ औँ स्मृतिको अवसर पारेर शुक्रबार कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा तारादेवीले गाउनुभएका एक दर्जन भन्दा बढी गित अग्रज तथा अनुज गायक गायिकाबाट गीत संगित प्रस्तुत गरिने तारा देवी स्मृति फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक केसीले काठमाडौँ महानगरपालिकाले अग्रज कलाकारको सम्मानमा महानगरपालिका लागेको बताए । गायिका तारा देवीको गितहरुको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले बि.सं. २०७५ सालमा तारा देवी स्मृति फाउन्डेशन स्थापना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ ऐन छिट्टै ल्याउन सञ्चारमन्त्री गुरुङसँग कलाकारहरुको माग