काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव त्यहाँको तल्लो सदनवाट पारित भएको छ । महाअभियोग प्रस्ताव तल्लो सदनवाट राष्टपति रहदै गर्दा दोश्रो पटक पारित हुने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति वनेका छन् ।
बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । महाअभियोग प्रस्ताव पारित गर्दा टम्पकै पार्टी रिपब्लिकन पार्टीका १० सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ । टम्पको कार्यकाल अव एक साता मात्र वाकी छ । माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रस्ताव पारित हुन केही समय लाग्न सक्ने पनि न्यूयोर्क टाइम्सले जनाएको छ ।
गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो । ट्रम्पको कार्यकाल सकिए पनि उनीविरूद्धको महाअभियोग सिनेटबाट पनि पारित भए आउने राष्ट्रपतीय चुनावमा उनी सहभागी हुन पाउने छैनन् ।
यसअघि गत वर्ष पनि ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव तल्लो सदनबाट प्रस्ताव पारित भए पनि माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
ट्रम्पद्वारा ४ नयाँ आदेशमा हस्ताक्षर– सेनामा ट्रान्सजेन्डरलाई निषेध, समावेशिता हटाइने
ट्रम्प-मोदी फोन वार्ता, के भयो कुराकानी ?
क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प