मन्त्री गुरुङको प्रश्न : संचार जगत किन पूर्वाग्रही ?

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, १६ : ५१
मन्त्री गुरुङको प्रश्न : संचार जगत किन पूर्वाग्रही ?

फाइल तस्विर

काठमाडौँ । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । 

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरे । मन्त्री गुरुङले समाचारको माध्यमबाट माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको बताए । 

उनले अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गरे । सरकारले राम्रो  काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । 

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रशंसा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै उनले आश्चर्य ब्यक्त गरे ।  मन्त्री गुरुङसँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । 

प्रतिक्रिया दिनुहोस