नेपाल निर्यात परिषद्ले पाँचौं निर्यात दिवस मनाउने

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, १६ : ४०
नेपाल निर्यात परिषद्ले पाँचौं निर्यात दिवस मनाउने

काठमाडौं । नेपाल निर्यात परिषद्ले पाँचौं निर्यात दिवस मनाउने भएको छ ।

परिषद्ले यही पौष २२ गते ‘पाँचौं निर्यात दिवस–२०७७’ मनाउन लागेको हो । सोमबार पत्रकार सम्मेलन आयोजना गरी परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार’ भन्ने नाराका साथ निर्यात दिवस मनाउन लागिएको बताए ।

नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यातका प्रवद्र्धनको निमित्त प्रतिष्पर्धी बनाई निकासी अभिवृद्धि गर्न उद्योगी व्यवसायीहरुलाई प्रेरित गर्ने उद्देश्यले परिषद्ले हरेक वर्ष निर्यात दिवस मनाउँदै आएको छ  ।

यस्तै निर्यात व्यवसायीबीचको समस्या र व्यवसायीक एकयवद्धता देखाउन, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन, सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गर्न, निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले पनि निर्यात दिवस मनाउँदै आएको अध्यक्ष कार्कीले बताए ।

निर्यात दिवसको अवसरमा कोभिड–१९ले नेपाली निर्यातजन्य वस्तुहरुमा पु¥याएको असर, समस्या समाधानका उपायहरु लगायत वस्तुको प्रवद्र्धन र विकासका लागि अपनाउनुपर्ने अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रणनीतिहरु सम्बन्धमा उद्यमी व्यवसायीहरुलाई जानकारी दिने र आगामी दिनमा निकासी अभिवृद्धि गर्ने तर्फ निर्यात दिवसले प्रेरित गर्ने विश्वास समेत परिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस