श्रीलंकाविरुद्ध नेपालको शानदार जित, ६ गोल गर्दै बन्यो समूह विजेता

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, २१ : २४
श्रीलंकाविरुद्ध नेपालको शानदार जित, ६ गोल गर्दै बन्यो समूह विजेता

काठमाडौँ। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३-० ले हराएकाले नेपाललाई कम्तिमा ६-० को जित चाहिएको थियो ।

अतिरित्त समयमा रश्मि केसीले गोल गर्दै नेपाललाई ६-० कै जित दिलाइन् । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा ५ पटकको विजेता भारतसँग खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस